Wednesday 3rd June 2026

बेलुकाकाे समयमा सामान्य हावाहुरी र पानी पर्न सक्ने

7 years अगाडी

काठमाण्डाै – आइतबार देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।यस्तै केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरि विस्तारै बढ्न सुरु हुने उहाँको भनाई छ । आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने पनि उहाँले बताउनुभयो ।

          May 5, 2019 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...