Wednesday 3rd June 2026

रुखले किचेर एक किशोरीको मृत्यु

7 years अगाडी

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ। थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज राईकी १८ वर्षीया छोरी सुष्मा राईको दाउरा टिप्ने क्रममा रुखले किचेर मृत्यु भएको हो।

दाउरा टिप्न गएको समयमा वडाको राम्चे भन्ने स्थानमा रुख लडेर किच्चा गम्भीर घाइते भएकी राईको घटनास्थलबाट उपचारका लागि लैजाँदै गर्दा भर्याङखोला दोभानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो १ः३० बजे रुख लडेर उनलाई किचेको थियो। हेलिकप्टर आउने ठाउँ भ¥याङखोलातर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

हवाई सेवा प्रभावित हुँदा यात्रु अलपत्र : मौसम प्रतिकुल हुँदा आज सोलुखुम्बुमा रहेको दुई वटै विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। शुक्रबारदेखि मौसममा आएको खराबीले हवाई सेवा प्रभावित भएको विमानस्थलले जनाएको छ। आज बिहानको समयमा केही उडान भएको भए पनि बिहान १० बजेपछि कुनै उडान तथा अवतरण हुन नसकेको तेन्जिङ हिलारी विमास्थल लुक्लाले जनाएको छ।

बिहान १० बजेसम्म २६ वटा उडान भएको लुक्ला विमानस्थलका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिए। यस्तै सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि आज तीन वटा हेलिकप्टरले बिहानको समयमा उडान भरेका छन्। आज सात वटा उडान तालिका भए पनि मौसम खराबीका कारण उडान नभएको नागरिक उडड्यन तथा प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए।

          May 5, 2019 11:43 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...