अवैध सुनसहित नेपाल एअरलाइन्सका कर्मचारी पक्राउ
काठमाण्डाै – अवैध ३० तोला सुनसहित नेपाल एअरलाइन्सका १ जना कर्मचारी पक्राउ परेका छन । महानगरी प्रहरी परिसर, काठमाण्डाैले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।
उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको त्याे अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनु भयो । उहाँले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एअरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताउनुभयो ।
यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एअरलाइन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।
May 6, 2019 4:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता