बेलायती राजकुमार ह्यारी र मेगन बने बाबुआमा
7 years अगाडी
Susma Dhakal
बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू साेमबारदेखि पिता भएको बताए ।
उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिए । सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गएको वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए । अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् ।
May 7, 2019 9:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...