इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक म्यानचेस्टर सिटी
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । साेमबार रातिको खेलमा म्यानचेस्टर सिटीले १–० गोल अन्तरले लेस्टरसिटी विरुद्ध जित निकाले पछि उपाधि होड रोमाञ्चक बनेको हो । सिटी जीत पछि तालिको शीर्ष स्थानमा फर्किएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुल १ अंकले पछि छ ।

सिटीले तालिकामा ९५ अंक पुर्याउँदा लिभरपुलको ९४ अंक छ । गएको सिजन १०० अंकका साथ लिग जितेको सिटीले यस पटक भने अन्तिम खेलमा सिटीले जित हात पारे ९८ अंकका साथ लिग जित्ने छ । प्रिमियर लिगको अन्तिम खेलमा सिटीले १७ औं स्थानको ब्राइटन र लिभरपुलले सातौं स्थानको उल्भर ह्याम्पटनसँग खेल्ने छ ।

अन्तिम खेलमा सिटी विजयी भए सहजै उपाधि जित्ने छ भने बराबरी भएको खण्डमा र लिभरपुल विजयी भए उपाधि लिभरपुलको कब्जामा जाने छ । सिटीलाई साेमबारकाे खेलमा स्पष्ट तीन अंक दिलाउन ७० औं मिनेटमा कोम्पनीले गोल गरेका थिए । उनको गोलसँगै सिटी लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा अघि बढेको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी