‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा ?’ भनेर फेसवुकमा लेखेकी लक्ष्मी केही बेरमै मृत भेटिइन्
काठमाडौं, वैशाख । कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ लक्ष्मीले केही बेर अघि मात्र फेसवुकमा लेखेकी थिइन् । विदेशमा रहेका आफ्ना श्रीमानलाई ट्याग गरेर उनले त्यस्तो स्टाटस लेखिन् । तर नभन्दै उनको केहीबेरमा शव फेला पर्यो । बटवलकी लक्ष्मी खत्री मृत फेला परेकी हुन् । बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
उनले त्यो भन्दा अघि फेसवुकमा स्टाटस लेखेकी थिइन् । तर अहिले भने त्यो स्टाटस हटाइसकिएको छ । दाइजो नल्याएको भन्दै करीव पाँच वर्षदेखि हिंसा सहेर बसेकी लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको हो । २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
मृत्यु भएकको अघिल्लो बिहान सासुबाट उनी कुटिएर घाइते भएकी थिइन् । उनको घरमा त्यो दिन राति १० बजेसम्म रुवाबासी चलेको छिमेकीहरूले बताएका छन् । श्रीमान रोजगारीका लागि दुबई आउनेजाने गर्छन् । दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि खत्रीले बाहिर नबताएको बुबा डोमबहादुर खत्रीले बताएका छन् ।
मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छिन् । तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासुबुहारीबीच झगडा भएको र हत्या गरेर झुण्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिएका छन् ।
May 7, 2019 10:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता