एमबाप्पे नायक बन्दा मेसी अभागी !
युवा स्टार किलियन एमबाप्पेले पाँच मिनेटको अन्तरमा २ गोल गरेपछि फ्रान्सले शनिबार बर्जेन्टिनालाई ४—३ ले हराउँदै विश्वककप फुटबलको क्वार्टरफाईनलमा स्थानमा पक्का गरेको छ ।
काजान एरिनामा बेहोरेको हारसँगै गत संस्करण फाईनल खेल्ने दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
ब्राजिलमा अर्जेन्टिनालाई थपिएको समयमा १—० ले पराजित जर्मनी समुहचरणबाट घर फर्किएको थियो । अजेन्टिनाका कप्तान लियोनल मेसीको विश्वकम जित्ने सपना पनि अधुरै रहने लगभग पक्का बनेको छ ।
मेसीका लागि रुस विश्वकप सम्भवतः अनितम हुन सक्छ । पाँचपटक विश्वकपका बर्ष खेलाडीको अवार्ड जितेका लियोनल मेसीले रुसमा १ गोल मात्र गर्न सके ।
बार्सिलोनाका मेसीलाई अजेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना तुलना गरिन्छ ।
म्याराडोनाले अजेन्टिनालाई १९८६ मा विश्वकपको उपाधि जिताएका थिए ।
विश्वकपमा मेसी सधै अभागी बने । गत साता ३१ बर्ष पुगेका मेसीसामु २५ बर्षसम्म ठुला प्रतियोगिता जित्न नसकेको अजेन्टिनालाई उपाधि जिताउने राम्रो अवसर थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
July 1, 2018 11:09 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)