

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि लिभरपुलसँग खेल्ने(फोटो फिचर सहित)

नाटकीय खेलमा आयाक्सलार्ई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्वलको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसपटकको च्याम्पियन्स लिगको उपाधि उचाल्न दुईवटा इंग्लिस क्लबले सेमिफाइनलमा अविश्वस्नीय प्रदर्शन गरे । लिभरपुलले बार्सिलोनालाई तीन गोलले पछि परेको अवस्थामा कमब्याक गरेको दोस्रो दिन नै अर्को इंग्लिस क्लब टोनह्यामले पनि आयाक्स विरुद्ध दुई गोलले पछि परेको अवस्थामा कमब्याक गर्न सफल भयो ।
पहिलो लेगमा घरेलु मैदानमा एक शून्यले पछि परेको टोटनह्याम दोस्रो लेगमा आयाक्सको मैदानमा पाँचौ मिनेटमा नै गोल खान पुग्यो । आयाक्सका १९ वर्षे कप्तान माटिज डी लीटले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि ३५ औं मिनेटमा टोटनह्यामले अर्को गोल खान पुग्यो । घरेलु टिम आयाक्सका लागि जेइचले गोल गर्दै समग्रमा तीन शून्यले टिमलाई अगाडि राखे । दोस्रो लेगमा पनि पहिलो हाफमा नै दुई गोलले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । उसका लागि लुकास मोउराले ह्याट्रिक गर्न सफल भए ।
उनले खेलको ५५ औं, ५९ औं र इन्जुरी समयको अन्तिममा गोल गर्दै टोटनह्यामले अवे गोलमा च्याम्पियन्स लिगको फाइनलमा पुर्याए । टोटनह्याम सन् १९८४ पछि युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो । यो बेला एन्डरलेच्टलाई हराउँदै उपाधि जितेको थियो जितपछि टोटनह्यामको प्रशिक्षक माउरिसियो मैदानमा नै निकै भावुक भएका थिए । जितको खुशी मनाउने क्रममा उनको आँखाबाट आँसु झरेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

