आजदेखि ‘पसिना’ प्रदर्शनमा, ‘दाल भात तरकारी’ दोस्रो सातामा
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ को निर्देशन निर्देशक आर बी खत्री ‘शरद’ ले गरेका हुन् । निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोको लगानी रहेको छ ।
चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको संगीत छ । ‘गराैँ सत्कर्म, बगाउँ पसिना’भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ समसामयिक कथामा निर्माण गरिएको छ ।
चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ‘पसिना’ नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।
दाल भात तरकारी दोस्रो सातामा : ठूलो व्यानरको चलचित्र प्रदर्शनमा नआउँदा यसको प्रत्यक्ष फाइदा वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीलाई भएको छ । चलचित्रले सफलताका साथ दोस्रो सातामा आफ्नो प्रदर्शन सुरुवात गरेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसीका अनुसार उपत्यका तथा उपत्यका बाहिरका सबै जसो हलमा चलचित्र दाल भात तरकारी लागिरहेको छ । बिहीबार सम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले ३ करोड १५ लाखमाथिको व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।
May 10, 2019 11:31 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता