

आजदेखि ‘पसिना’ प्रदर्शनमा, ‘दाल भात तरकारी’ दोस्रो सातामा

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ को निर्देशन निर्देशक आर बी खत्री ‘शरद’ ले गरेका हुन् । निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोको लगानी रहेको छ ।
चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको संगीत छ । ‘गराैँ सत्कर्म, बगाउँ पसिना’भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ समसामयिक कथामा निर्माण गरिएको छ ।
चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ‘पसिना’ नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।
दाल भात तरकारी दोस्रो सातामा : ठूलो व्यानरको चलचित्र प्रदर्शनमा नआउँदा यसको प्रत्यक्ष फाइदा वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीलाई भएको छ । चलचित्रले सफलताका साथ दोस्रो सातामा आफ्नो प्रदर्शन सुरुवात गरेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसीका अनुसार उपत्यका तथा उपत्यका बाहिरका सबै जसो हलमा चलचित्र दाल भात तरकारी लागिरहेको छ । बिहीबार सम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले ३ करोड १५ लाखमाथिको व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।
May 10, 2019 11:31 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

