सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा
पोखरा। पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ। गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो।
भ्रमणका क्रममा टोलीले सिक्किम राज्यका ग्रामीण विकास विभाग निर्देशक विशाल राईसँग अन्तरक्रिया ग–यो। राईले टेवानसँग भोलिका दिन सहकार्य गरेर दुई देशका नागरिकबीच पर्यटन प्रवद्र्धनात्मक तालीम तथा ‘एक्स्पोजर भिजिट’का कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानको स्थापनादेखि नै पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस भ्रमणले दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
भ्रमण टोलीले भारतको पेलिङस्थित चेरी भिलेज होमस्टेका सञ्चालक सुशील तामाङसँग पनि अन्तरक्रिया गरेको थियो। अन्तरक्रियाका क्रममा तामाङले २० वर्ष अगाडि अति नै दयनीय अवस्थामा रहेको यस ठाउँमा हेमस्टे सञ्चालनसँगै धेरै कुरामा परिवर्तन तथा विकास भएको जानकारी गराए।गाउँमै होमस्टे सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफू मात्र होइन, धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको अनुभव सुनाए। होमस्टे सञ्चालकले मात्र होइन, कुखुरापालक, बाख्रापालक तथा खेतीपाती उब्जाउ गर्ने किसानले पनि राम्रो आम्दानी गर्न सक्ने तामाङले बताए।
आफूले धेरै पटक नेपालको भ्रमण गरेको जानकारी गराउँदै तामाङले पर्यटनमा नेपालको धेरै सम्भावना रहेको उल्लेख गरे। संस्थाका महासचिव तथा कार्यक्रम संयोजक कमला गिरीले पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिसँग गरिएको अन्तरक्रिया फलदायी भएको बताइन्। भ्रमणका क्रममा अन्तरक्रिया एवं छलफलका साथै सिक्किमस्थित चारधामलगायत विभिन्न स्थान र दार्जलिङको चिया बगान आदिको स्थलगत अवलोकन गरिएको टेवानका उपाध्यक्ष रेनु थापाले जानकारी दिइन्। भ्रमण टोली हिजो पोखरा फर्किएको छ।रासस
May 10, 2019 12:19 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता