नेपालले अर्जेन्टिनासँग खेलेकाे पहिलाे खेल, मैदानमै पेस्ताेल तेर्स्याइयाे
काठमाडाैं । सन् १९८३ मा नेपालले सन् १९८२ मा पहिलोपल्ट विश्वकप खेलेको अफ्रिकी राष्ट्र अल्जेरियासँग मात्र होइन, अर्जेन्टिना र उत्तर कोरियाली टीमसँग पनि भिड्ने मौका पाएको थियो । यति ठूला देशहरूसँग नेपालको यो पहिलो जम्काभेट थियो ।
६० मिनेटसम्म गोलरहित नेपाल र अल्जेरियाबीचको खेल एकाएक शारीरिक भिडन्तमा परिणत भयो । अन्ततः मलेशियाली सुरक्षाकर्मी नै मैदानभित्र पसे र नेपाली खेलाडीलाई कञ्चटमा पेस्तोल ताकेर झगडा नियन्त्रणमा लिए ।
सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मलेशियाले फूटबलको ठूलो उत्सव गराउने घोषणा गर्यो । विदेशी टोली समेतलाई निम्त्याइने गरी आयोजना गरिने प्रतियोगिताको नाम थियो– मर्डेका कप ।
यही प्रतियोगिताको २७औं संस्करणमा भाग लिन नेपाली फूटबल टोली सन् १९८३ मा मलेशिया पुगेको थियो । जहाँ नेपाली टोलीले एकैसाथ तीन फरक अनुभव आत्मसात् गर्न पुगेकाे हिमाल खबरपत्रिकामा विशेष रिपाेर्ट छ ।
प्रतियोगितामा धेरैको अनुमान विपरीत, नेपालले उत्कृष्ट प्रदर्शन गर्यो, जुन आजसम्मकै अन्तर्राष्ट्रिय प्रतियोगितामध्येको अब्बल मानिन्छ ।
July 1, 2018 11:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :