नेपालले अर्जेन्टिनासँग खेलेकाे पहिलाे खेल, मैदानमै पेस्ताेल तेर्स्याइयाे
काठमाडाैं । सन् १९८३ मा नेपालले सन् १९८२ मा पहिलोपल्ट विश्वकप खेलेको अफ्रिकी राष्ट्र अल्जेरियासँग मात्र होइन, अर्जेन्टिना र उत्तर कोरियाली टीमसँग पनि भिड्ने मौका पाएको थियो । यति ठूला देशहरूसँग नेपालको यो पहिलो जम्काभेट थियो ।
६० मिनेटसम्म गोलरहित नेपाल र अल्जेरियाबीचको खेल एकाएक शारीरिक भिडन्तमा परिणत भयो । अन्ततः मलेशियाली सुरक्षाकर्मी नै मैदानभित्र पसे र नेपाली खेलाडीलाई कञ्चटमा पेस्तोल ताकेर झगडा नियन्त्रणमा लिए ।
सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि मलेशियाले फूटबलको ठूलो उत्सव गराउने घोषणा गर्यो । विदेशी टोली समेतलाई निम्त्याइने गरी आयोजना गरिने प्रतियोगिताको नाम थियो– मर्डेका कप ।
यही प्रतियोगिताको २७औं संस्करणमा भाग लिन नेपाली फूटबल टोली सन् १९८३ मा मलेशिया पुगेको थियो । जहाँ नेपाली टोलीले एकैसाथ तीन फरक अनुभव आत्मसात् गर्न पुगेकाे हिमाल खबरपत्रिकामा विशेष रिपाेर्ट छ ।
प्रतियोगितामा धेरैको अनुमान विपरीत, नेपालले उत्कृष्ट प्रदर्शन गर्यो, जुन आजसम्मकै अन्तर्राष्ट्रिय प्रतियोगितामध्येको अब्बल मानिन्छ ।
July 1, 2018 11:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)