हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति
कास्की – कतै फलेर बिक्री सुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर पाेखराका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा पाँच करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।
कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ । उहाँका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबार, कृषि विकास निर्देशनालय, मालेपाटन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार एवं पोखरा महानगरपालिका वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ कार्यालयमा क्षतिपूर्तिका लागि कृषकको मागसहित जानकारी पठाइएको छ ।
May 11, 2019 11:44 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता