

नयाँ खेलाडी अनुबन्धका लागि म्यानचेस्टर सिटीले २०० मिलियन पाउण्ड खर्च गर्ने

इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि अरु २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ ।प्रशिक्षक पेप ग्वार्डियोलाले चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएका छन् । जसमा दुई जना डिफेन्डर र दुई जना मिडफिल्डरमा आँखा लगाएको छ । एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन् ।
सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्नान्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।यस्तै लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।यो सिजनपछि सिटीबाट निकोलस ओटामेन्डी, फावियन डेल्फ र मांगालाले क्लब छोड्न सक्नेछन् ।
May 14, 2019 1:40 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

