नयाँ खेलाडी अनुबन्धका लागि म्यानचेस्टर सिटीले २०० मिलियन पाउण्ड खर्च गर्ने
इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि अरु २०० मिलियन पाउण्ड खर्च गर्ने भएको छ ।प्रशिक्षक पेप ग्वार्डियोलाले चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएका छन् । जसमा दुई जना डिफेन्डर र दुई जना मिडफिल्डरमा आँखा लगाएको छ । एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन् ।
सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्नान्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।यस्तै लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।यो सिजनपछि सिटीबाट निकोलस ओटामेन्डी, फावियन डेल्फ र मांगालाले क्लब छोड्न सक्नेछन् ।
May 14, 2019 1:40 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)