Saturday 14th March 2026

कुवेतमा नेपाल आइडल सिजन २का रबि ओड र चक्र बम को साथमा “बृहत् सांस्कृतिक धमाका २०१९

7 years अगाडी

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधीवेशन नेपाल आइडल सिजन २का रबि ओड र चक्र बम को साथमा “बृहत् सांस्कृतिक धमाका २०१९ “बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुबेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिबेशन आगामी सितंम्बर २० तारिख २०१९ शुक्रबार को दिन नेपाल आइडल रवि ओड र चक्र बमको धमाकेदार बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ।

उक्त अधिबेशन तथा वार्षिउत्सब लाई जुनमा मनाउने
भनि समाचार सम्प्रेषण गरे पनि विभिन्न कारण वस कार्यक्रम फेरबदल भएको संस्थाका महा-सचिब मान ब.बलायरले तितोपटी डटकम लाई जानकारी दिनु भएको छ।उक्त बार्षिकउत्सब तथा अधीवेशन बृहत् सांस्कृति धमाका २०१९ लाइ ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दै सेप्टेम्बर २० तारिकका दिन कुवेतमा कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक सुदुरपश्चिमेली नेपाली समाज कुबेत बिनम्र हार्दिक अनुरोध गर्दछौँ।

कार्यक्रम: दोस्रो वार्षिउत्सब तथा अधिबेशन
बृहत् सांस्कृतिक धमाका २०१९

समय: ११ बजेदेखि
मिति: २० सितंम्बर २०१९ शुक्रबार
स्थान : boys Scout Association Hall berut street block 10 Hawali

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत

          May 14, 2019 5:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...