

‘कबड्डी ३’ मा दयाहाङ, कर्म र उपासना

काठमाण्डाै – झण्डै ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो । घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् ।एकताका अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आू उपलब्ध हुन नसक्ने बताएका थिए । अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा अभिनय गर्ने कलाकारहरुको टुंगो लागेको छ । चलचित्रका लागि कलाकार फाइनल गरी कास्टलाई लिएर कार्यशालासमेत सुरु भइसकेको बताइएको छ ।
चलचित्रका लागि दयाहाङ राई, कर्म, विल्सनविक्रम राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । त्यससँगै फिमेल लिडका लागि ‘क्याप्टेन’ की अभिनेतृ उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । अभिनेत्री ठकुरी हाल वर्कसपमा व्यस्त छिन् ।
चलचित्र मुस्ताङको सेरोफेरोमा केन्द्रित हुने बुझिएको छ । जेठदेखि छायांकनमा जाने भनिएको चलचित्रको छायांकन पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर गर्ने तयारी गरिएको छ ।सिनेमा आर्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले बनाउन लागेका हुन् भनर् कथा तथा निर्देशन पनि गुरुङकाे नै रहनेछ ।
May 15, 2019 10:11 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

