विद्यार्थी कुट्ने नयाँबानेश्वरको स्कुलकी शिक्षिकाको जागिर चट् !
काठमाडौं। राजधानीको एक स्कुलकी शिक्षिकालाई विद्यालयले जागिरबाट निकालिदिएको छ । ती शिक्षिकाले विद्यार्थी कुटेको थाहा पाएपछि अभिभावकले उनीमाथि कारवाहीको माग गरेका थिए । विद्यालयले सोमबार शिक्षिकालाई जागिरबाट निकालिदिएको हो ।
राजधानीको नयाँबानेश्वर शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलकी शिक्षिका एलिशा राईले करिब १० दिनअघि ६ कक्षाका विद्यार्थी नवोम श्रेष्ठलाई कुटपिट गरेकी थिइन् । तर, शिक्षिकाले डर देखाएकोले उनले यसबारे कसैलाई भनेका थिएनन् । पछि अभिभावकले उनको शरीरमा नीलडाम देखेपछि यसबारे सोध्दा शिक्षिकाले कुटपिट गरेको खुलेको थियो । त्यसपछि अभिभावकले यसबारे सकुल प्रशासनलाई जानकारी गराएका थिए ।
अभिभावकले स्कुलमा यसबारे गत बिहीबार जानकारी गराएको प्रिन्सिपल राजु राईले बताए । अभिभावकले जानकारी गराएपछि शिक्षिका एलिशा राइसँग यसबारे सोधपुछ गर्दा उनले कुटपिट गरेको स्वीकार गरेकी थिइन् । ‘उहाँले कुटपिट गरेको पुष्टि भएपछि हामीले उहाँमाथि कारवाही गरेका हौं’ प्रिन्सिपल राजु राईले डिसीनेपालसँग भने ‘बालबालिकालाई आफ्नै अभिभावकले त कुट्न पाइँदैन भने हामीले कसरी पाउनू ।’ प्रिन्सिपल राइले शिक्षिकाले स्कुलकै इज्जत जाने काम गरेको बताए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता