धनगढी विमानस्थलको अनुगमन
कैलाली। स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन्। धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन्।
सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम सम्पन्न गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताए। कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण कम्पनीले स्रोतसाधन प्रयोग गरेर मर्मतलाई गति दिएकाले आशलाग्दो प्रगति देखिएको बताए। धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको उल्लेख गरे। अहिले ६० मिटर चौडाइ र एक हजार ८०० मिटर लम्बाइको कालोपत्र धावनमार्ग रहेकामा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ दुईरदुई मिटर फराकिलो बनाउने योजनासमेत रहेको बताइएको छ।
यस्तै अहिले तीन जहाज पार्किङ व्यवस्था रहेकामा अब थप एक जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ। विमानस्थलमा एप्रोच लाइट र अन्य लाइटहरु, थप सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको जनाइएको छ। विमानस्थलको मर्मत कार्य भइरहेकाले वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म अर्थात् एक महीनाका लागि नियमित हवाई उडान बन्द गरिएको छ। धनगढी विमानस्थल नेपालको त्रिभुवन विमानस्थलपछिको ठूलो दोस्रो धावनमार्ग भएको विमानस्थल हो।
May 17, 2019 10:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता