

साइकलबाट लडेर एक विद्यार्थीको मृत्यु
6 years अगाडी
Susma Dhakal

विराटनगर, मोरङको विराटनगरमा साइकलबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ डामाडिकी भन्ने स्थानमा बिहीबार साइकलबाट लडेर १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जनविकास माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अमात बिहीबार बिहान ९ बजेको समयमा विद्यालयबाट साइकलमा घर फर्कने क्रममा लडेर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका अमातलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
May 17, 2019 11:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा
Loading...

