सुन्धारामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा छाेरीकाे मृत्यु, बुवा घाइते
7 years अगाडी
Susma Dhakal
काठमाण्डाै – काठमाण्डाैकाे सुन्धारामा काठमाण्डाै मल अगाडि पानी बाेक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइकललाई काठमाण्डाै मल अघि ठक्कर दिँदा काभ्रे पनौति घर भई काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसीकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक केसीका बुवा रामशरण केसी पनि गम्भीर घाइते हुनु भएकाे छ । दुर्घटना लगत्तै दुबै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको भए पनि सुनिताको उपचारको क्रममा ज्यान गएको र बुवा रामशरणकाे भने उपचार भइरहेकाे प्रहरीले जानकारी दिएको छ । माेटरसाइकललाई ठक्कर दिने ट्याङ्कर चालक अमर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
May 17, 2019 1:25 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...