यस्ता छन् आईसीसी विश्वकप खेल्न लागेका ५ युवा खेलाडी
काठमाण्डाै – हरेक खेलाडीको इच्छा हुन्छकी खेल जीवनमा आफूले खेल्ने खेलको विश्वकप खेल्ने । यसमा कोही यस्ता भाग्यमानी खेलाडीहरु हुन्छन् जसले सानै उमेरमा पनि विश्वकप खेल्ने मौका पाउँछन् । ३० मेबाट इंग्ल्याण्डमा सुरु हुन लागेको आईसीसी विश्वकप क्रिकेट खेल्ने पाँच युवा खेलाडीहरुको चर्चा गरौं ।
शदाब खान (पाकिस्तान)

पाकिस्तानी टिममा अलराउण्डरका रुपमा शदाब खानले २०१७ मा डेब्यू गरेका थिए । त्यसयता उनले ३४ एकदिवसीय क्रिकेटमा २९४ रन बनाएका छन् । साथै उनले ४७ विकेट पनि हात पारिसकेका छन् ।
इकरम अली (अफगानिस्तान)

अफगानिस्तानका युवा खेलाडी हुन् इकरम अली । यसै वर्षको मार्च २ मा एकदिवसीय क्रिकेटमा डेव्यु गरेका अली आईसीसी विश्वकप खेल्न पाउने भाग्यमानी युवा खेलाडी हुन् । अहिलेसम्म जम्मा २ एकदिवसीय खेलका अलिले ६ रन मात्रै बनाएका छन् । तर घरेलु लिगमा भने उनले ११ खेलमा ४७४ रन बनाएका छन् ।
शाहीन शाह अफ्रिदी (पाकिस्तान)

पाकिस्तानी टिमका तीव्र गतिका युवा खेलाडी हुन् शाहीन शाह अफ्रिदी । उनले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । अफ्रिदीले अहिलेसम्म १३ खेलमा २० विकेट लिएका छन् ।
मुजीब उर रहमान (अफगानिस्तान)

अफगानिस्तानका मिस्ट्री स्पिनरका नामले उनी परिचित छन् । सानै उमेरमा नै उनको बलिङले धेरैलाई हैरान पारि सकेकाे छ । २८ एकदिवसीय क्रिकेटमा उनले ३.७ को औसतले ५१ बिकेट लिइसकेका छन् ।
मोहम्मद हुसैन (पाकिस्तान)
मोहम्मद हुसैन पनि तीव्र गतिको बलरका रुपमा पाकिस्तानी टिममा रहेका छन् । उनले पनि यसै वर्षको मार्चमा डेव्यु गरेका थिए । उनले ३ खेलबाट २ विकेट लिएका छन् ।
May 18, 2019 10:52 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)