अष्ट्रेलियमा आम चुनाव : मतदान नगर्ने नागरिकलाई २० डलर जरिबाना
7 years अगाडी
Susma Dhakal
अष्ट्रेलियमा आज शनिबार आम चुनावको लागि मतदान भइरहेकाे छ । सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा कम मतदान भएको छैन । सन् १९९४ मा यो प्रतिशत बढेर ९६ दशमलव २२ प्रतिशत पुगेकाे थियाे । सरकारका अनुसार, मतदानलाई अनिवार्य गराउँदा मानिसहरु राजनीति र सरकारको कार्यमा रुचि लिन्छन् ।
अष्ट्रेलियामा १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न सक्छन् । तर मतदान नगर्ने नागरिकसँग सरकारले जवाफ माग्ने गर्दछ । सन्तोषजनक जवाफ र उचित कारण भएन भने २० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्छ ।अष्ट्रेलियामा प्रत्येक तीन वर्षमा आम चुनाव हुँदै आएको छ । सरकार पनि मतदान बढाउन मतदाताहरुको सुविधामा ध्यान पुर्याउँदै आइरहेको छ । अहिलेसम्म २३ देशमा मतदान अनिवार्य छ ।
May 18, 2019 12:52 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...