बुढीगंगाका ऋषिदेवहरूले कल गाडेर पानी खान थाले
विराटनगर,प्रहरीले कारवाही गर्ने चेतावनी दिएपछि मोरङ बुढीगंगा गाउँपालिका–२ सख्मा टोलका ऋषिदेवहरुले कलको पानी खान थालेका छन् ।केटाकेटी भागेको निहुँमा केटी पक्षले ऋषिदेव समुदायलाई पानी खान बाधा हालेको समाचार सार्वजनिक भएपछि मोरङ प्रहरीले चासो दिएर कारवाही गर्ने चेतावनी दिएपछि ऋषिदेव परिवारले आफैँले कल गाडेर पानी खान थालेका हुन् । प्रेम सम्बन्धमा रहेका मुसहर केटा र थापामगर थरकी केटी भागेको विषयमा केटीका आफन्तहरुले ऋषिदेवहरुले पानी खाँदै गरेको सार्वजनिक कल भत्काई दिएका थिए । त्यसपछि पानी खान ऋषिदेवहरुले आफैँ गाडेको चापाकल पनि भाँचिदिएका थिए ।
बुढींगगाका ऋषिदेवहरूमाथि अत्याचार प्रकरण : पानी खान दिन र कल भत्काउनेलाई कारवाही गर्न एसपीको चासो
कल भाँचेपछि संख्मा टोलमा रहेका पाँच घर परिवारका २० जना मानिशले २० दिनदेखि पानी खान समस्या भोगिरहेका थिए । समाचार सार्वजनिक भएपछि मोरङका एसपी मनोज केसीले ३१ वैशाखमा केटाकेटी भागेको र पानी खान नदिएको विषय अलग अलग हो भन्दै कल भाँच्ने पत्ता लगाएर कारवाही गर्न र कल गाडेर पानी खान कुनै अवरोध नगर्न र गरेमा कानूनी कारवाही गर्ने केटी पक्षलाई चेतावनी दिएका थिए ।
प्रहरीको निर्देशनपछि ऋषिदेवहरुले बिहीबार कल गाडेर पानी खान थालेको स्थानीय अगुवा पूर्वसांसद बाबुलाल पासवानले बताए । मोरङ बुढीगंगा गाउँपालिका २ सख्मा टोलका २२ वर्षे शनि ऋषिदेवले सोही ठाउँकी थापामगर थरकी अन्दाजी १८ वर्षीया युवतीलाई १८ चैतमा भगाएर लगेको केटी पक्षको दाबी छ ।उनीहरुले आफ्नो चेलीलाई भगाएर भारतमा लगेर बिक्री गरेको हुनसक्ने आरोप लगाएका छन् । सोही निहुँमा केटीका आफन्तहरुले केटाका आफन्तलाई गालीगलौज र आक्रमण गर्दै कल भत्काएर पानी खानसमेत अवरोध पुर्याएका थिए । केटी पक्षको त्रासले घर छाडेर हिँडेका केटाका बाबु–आमा चाँही अझै घर फर्केका छैनन् ।
May 18, 2019 1:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता