उपाधि जितमा म्यानचेस्टर सिटीको ह्याट्रिक, एफ ए कपको उपाधि पनि सिटीले जित्यो
म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी सिटीले एफए कपको उपाधि जितेको हो जितसँगै म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको छ । सिटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो ।
इंग्लिस क्लबको पुरुष टिमले एकै सिजन प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि एकै सिजनमा जितेको यो पहिलोपटक हो । सिजनको तेस्रो उपाधि दिलाउने क्रममा वाटफोर्टलाई ६–० गोलले पराजित गर्दा पेप ग्वार्डिओलाको टोली सिटीका लागि रहिम स्टर्लिङ र ग्याव्रियल जेससले २–२ गोल गरे ।

पूरै सिजन प्रभावशाली देखिएको म्यानचेस्टर सिटीले वाटफोर्टविरुद्ध पनि एकपक्षीय हाबी भयो । सन् १९०३ को सिजनमा बरीले डर्बीलाई ६–० ले नै हराएपछि एफए कपमा सबैभन्दा ठूलो अन्तरको जित हो यो ।
२६औं मिनेटमा डेभिड सिल्भाले सिटीका लागि गोलको खाता खोलेका थिए । पहिलो हाफमा ३–० को अग्रता कायम गर्ने क्रममा जेसस र बर्नान्डो शिल्भाले गोल गरे । दोस्रो हाफमा स्टर्लिङले २ गोल गर्दा जेससले १ गोल थपे ।

म्यानचेस्टर सिटीले छैटौँ पटक एफए कपको उपाधि उचालेको हो भने ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो पटक । सन् २०१६ मा म्यान्चेस्टर आएयता ग्वार्डिओलाले सिटीलाई ६ उपाधि दिलाएका छन् । तर उनी सिटीलाई च्याम्पियन्स लिगमा सफलता दिलाउन तल्लीन देखिन्छन् ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)