

राष्ट्र बैंकले भन्यो : एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाही हुन्छ

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेकोसम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र त्यस्ता एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।
उक्त अवधिभित्र एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको नपाइएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुनेव्यहोरा समेत सूचित गरिन्छ ।’
May 20, 2019 3:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

