तीन कक्षा, तीन शिक्षक, तीन विद्यार्थी
8 years अगाडी
Nepal Drishti
मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ।
३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन्।
‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन्।
कहिलेकाँही त एकै ठाउँमा राखे पढाउछौँ।’ विद्यार्थी धेरै हुँदा ३४ ३५ जनासम्म पुगेको तथ्यांक छ।
यसरी विद्यार्थी घटेको यो पहिलोपटक हो। नबुघाटमा माझी समुदायको बसोबास छ यहाँ २८ घरपरिवार माझी बस्दै आएका छन्।
शिक्षिका सुधा माझीले भनिन्, ‘पोहोर सात जना थिए अहिले घटेर तीन जना भए। अर्को साल त घटेर एकजना पनि भर्ना हुने अवस्था छैन। गाउँमा विद्यालय आउने उमेरका बच्चा नै छैनन्।’आजको कान्तिपुरदैनिकमा यो खबर छ ।
July 2, 2018 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...