भारतले बनायाे नारायणी नदीमा एकतर्फी बाँध, नेपालतिर फुट्नथालेको छ !
नवलपरासीका गण्डकपीडितलाई राति निद्रा लाग्दैन। कति बेला डुबान हुने भन्ने पीर लाग्छ। स्थानीय कलावती मुसहर भन्छिन्।
‘भारतले आफूतिर ठूलो बाँध बनाएको छ, नेपालतिर फुट्नथालेको छ। कतिबेला नारायणीमा बाढी आउँछ, ठेगान छैन। ठूलो बाढी आएर नेपालतर्फको बाँध फुट्यो भने बर्बाद हुन्छ।’ मौसम पूर्वानुमान शाखाले यहाँका बासिन्दालाई सर्तक रहन भनेपछि यस क्षेत्रका बासिन्दा चिन्तित भएका छन्।
गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा परेको र कटान भइरकेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँघ निर्माण गरेको छ।
नेपाली भूमि डुबान र कटानमा पार्ने गरि भारतले एकतफी बाँध बनाएको हो। सुस्ता गाँउपालिका–४ नसैहीसस्थित नारायणी नदी कोक्कर नं. १२ को पूर्वतर्फ नारायणी नदी भारतीय भूमिकमा हुने कटान रोख्न बाँध बनाएको स्थानीय श्याम थापाले बताए। शक्तिकुमार कम्पिनी पश्चिमी चम्पारण भारत बिहारले उक्त बाँध निर्माण गरेको हो। उसले भारतर्फको निर्माण कार्य सकेको छ।, यो खबर राजधानी दैनिकमा छ।
July 2, 2018 11:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)