Sunday 28th December 2025

रोकिएन सुन तस्करीः नाकढुंगाबाट ९ केजी सुन बरामद !

7 years अगाडी

प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ ।

आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।

आईतबार सुनसहित सिन्धुलीपाल्चोकका २३ बर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् ।

धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा. ९५ प ८१६४ न. को पल्सर मोटरसाईकल जाँच गर्दा सुन भेटिएको थियो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आईतबार साँझ ७ बजे सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

          July 2, 2018 11:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...