मोदीको ‘भव्य स्वागत’ को लागि पार्टीमा दुई लाख पार्टी कार्यकर्तालाई दिल्ली निमन्त्रणा
एजेन्सी । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ ।भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागिएको हो ।
भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन आह्वान गरिसकेको छ । प्रधानमन्त्री मोदीले यस अघि नै उनको पार्टीले ऐतिहासिक रुपमा दोस्रो पटक चुनाव जित्ने बताइ सकेका छन् ।मत सर्वेक्षणले विपक्षी कंग्रेस र उसको गठबन्धन(युपिए)ले १२२ सिट जित्ने देखाएको छ भने मोदी नेतृत्वको एनडीए गठबन्धनले ३०० बढी मत पाउने देखाएको छ ।
भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटमा निर्वाचन सम्पन्न भयो । भारतमा सरकार बनाउनको लागि कुनै पार्टी वा गठबन्धनलाई २७२ सांसद आवश्यक पर्छ ।
भाजपा नेतृत्वको एनडीएले मंगलबार आगामी कदमबारे छलफल गर्न वैठक आयोजना गरेको थियो ।वैठकमा गठबन्धन सदस्यले मोदीलाई फुलको माला लगाइदिएर भावि विजयको लागि पहिले बधाई दिएका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता