Wednesday 27th May 2026

आज पनि घट्यो सुनको भाउ, चाँदीको पनि सस्तियो

7 years अगाडी

काठमाडौं । आज बिहीबार सुनको भाउ झन् घटेको छ। हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर ५९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आईतबार सुनको भाउ ६० हजार ७ सय रुपैयाँ रहेको थियो।

आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७०० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदीको मूल्य ७०५ रुपैयाँ रहेको थियो।काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          May 23, 2019 12:29 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...