झापामा छोरीसँगै सुतेकी महिलामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर
झापाको मेचीनगरपालिका – १० धुलाबारीमा गएराती मध्यरातमा सुतिरहेको बेला एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहार हुँदा स्थानीय ४० वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् । आफ्नै घरभित्र ७ वर्षीया छोरीसँगै सुतेकी आरतीलाई मध्यरातमा आएका २ जनाले टाउकोमा धारिलो हतियार प्रयोग गरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए ।
आरतीलाई मध्यरातमा आफ्नै घरभित्र कोठमा धारिलो हत्यार प्रयोग गरेर घाइते बनाएको स्थानीयले बिहान मात्र थाहा पाएका हुन् । घटना भएको बिहान ती ७ वर्षीया बालिका झ्यालबाट कराएपछि स्थानीयले थाहा पाएका हुन् । पछि हेर्न जाँदा बाहिरबाट चुक्कुल लगाइएको भेटिएको स्थानीयले बताएका छन् । ७ वर्षीया छोरीले घटनबारे जानकारी दिएरपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटना भएको थाहा भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थलमा पुगेको एसपी मैनालीले बताए ।
घटनामा संलग्न दुई जनामध्ये एक जना अग्लो, सेतो अनुहार भएको र अर्को कालो अनुहार भएको ति बालीकाले बताएकी छन् । बालिकाको भनाई उद्वृत गर्दै एसपी मैनालीले आफूलाई पनि घाँटी न्याकेर हल्ला गरिस भने तलाई पनि यहीँ खुकुरीले काटिदिन्छु भन्दै ममीको पेटमा बसेर टाउकोमा धारिलो हतियारले हानेको प्रहरीसमक्ष बताएकी छन् ।
कोठाभित्र अर्धनङ्न अवस्थामा बिहान भेटिएकी आरतीको कोठाभित्र रक्ताम्य थियो । घर बाहिर एक कोठामा सुतने गरेकी आरतीका सासुको कोठामा पनि बाहिरबाट चुकुल लगाइएको थियो । आरतीको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।घटनाको बिषयमा प्रहरीले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको र घटनामा संलग्न व्यतिmहरुको खोजीकार्यमा लागेको प्रहरीले जनाएइको छ ।
May 23, 2019 1:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता