आजको विनिमयदर : कुन देशको कति छ ?
काठमाडौँ । आज शनिबार प्राय सबै देशको मूल्य यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ८८ पैसा तोकेको छ।
May 25, 2019 10:24 am | अर्थ