छैटौंपटक गोल्डेन बुट जितेपछि मेसी भन्छन्- बुट हैन, लिभरपुलसँगको हार सम्झिरहेछु
एजेन्सी, ११ जेठ । अर्जेटिनी फुटबलका कप्तान तथा बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजनमा समेत कब्जा गरेका हुन् ।
स्पेनिस ला लिगाका ३४ खेलमा ३६ गोल गरेका मेसीले दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेलाई तीन गोलले पछाडि पार्दै गोल्डेन बुट हात पारे । शुक्रबार राति भएको खेलमा पीएसजी लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को स्तब्ध हुँदा एमबाप्पेले केवल १ गोल मात्र गर्न सके । एमबाप्पे चुक्दा मेसीले तेस्रो सिजनमा पनि लगातार उपाधि चुमेका हुन् । स्पेनिस ला लिगाबाट लगातार ११ औं सिजनमा विजेता घोषित हुँदै आएका छन् । यसअघि पोर्चुगिज स्टार रोनाल्डोले सन् २००७/८ मा म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै उक्त अवार्ड जितेका थिए ।
गोल्डेन बुट जितिसकेपछि पनि मेसीले यसलाई खासै प्राथमिकताको विषयको रुपमा आफूले नराखेको संकेत गरे । उनले भने, ‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा त्यसबारे केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु । म आफ्नोबारे पनि सोचिरहेको छैन ।’ उनले यसअघि लिभरपुलसँगको हार मात्र सम्झिएनन्, उनले शनिबार हुने कोपा डेल रेको फाइनल आफ्नो लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले भने, यो फाइनल खेल हो । यो जित्न सकेनौं भने हामी अहिले भन्दा खराब अवस्थामा पुग्नेछौं ।’
May 25, 2019 10:55 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी