

छैटौंपटक गोल्डेन बुट जितेपछि मेसी भन्छन्- बुट हैन, लिभरपुलसँगको हार सम्झिरहेछु

एजेन्सी, ११ जेठ । अर्जेटिनी फुटबलका कप्तान तथा बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजनमा समेत कब्जा गरेका हुन् ।
स्पेनिस ला लिगाका ३४ खेलमा ३६ गोल गरेका मेसीले दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेलाई तीन गोलले पछाडि पार्दै गोल्डेन बुट हात पारे । शुक्रबार राति भएको खेलमा पीएसजी लिगको अन्तिम खेलमा राइम्ससँग ३-१ को स्तब्ध हुँदा एमबाप्पेले केवल १ गोल मात्र गर्न सके । एमबाप्पे चुक्दा मेसीले तेस्रो सिजनमा पनि लगातार उपाधि चुमेका हुन् । स्पेनिस ला लिगाबाट लगातार ११ औं सिजनमा विजेता घोषित हुँदै आएका छन् । यसअघि पोर्चुगिज स्टार रोनाल्डोले सन् २००७/८ मा म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै उक्त अवार्ड जितेका थिए ।
गोल्डेन बुट जितिसकेपछि पनि मेसीले यसलाई खासै प्राथमिकताको विषयको रुपमा आफूले नराखेको संकेत गरे । उनले भने, ‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा त्यसबारे केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु । म आफ्नोबारे पनि सोचिरहेको छैन ।’ उनले यसअघि लिभरपुलसँगको हार मात्र सम्झिएनन्, उनले शनिबार हुने कोपा डेल रेको फाइनल आफ्नो लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले भने, यो फाइनल खेल हो । यो जित्न सकेनौं भने हामी अहिले भन्दा खराब अवस्थामा पुग्नेछौं ।’
May 25, 2019 10:55 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

