माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन आगामी ६ सेप्टेम्बरमा गर्ने
कुबेत – बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिक गर्ने भएको छ |हिज मिती मे २४ तारिख शुक्रवारका दिन फर्वानीया स्थित, क्लब जगेर्नाकोष संयोजक शिवराम पौडेल ज्युको निवासमा बसेको क्लबको ११५ मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा महाधिवेशन गर्ने तय गरेको हो ।
कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ ।
आठौ अधिवेशन सेप्टेम्बर ६ तारिक शुक्र्बार दिन काँहा र कुन ठाँउ मा गर्ने हो भन्ने क्लबले चाडै मिडिया मार्फत जानकारी दिने अध्यक्ष ईन्द्र पोखरेलले बताएको छ। साथै उक्त अधिबेशन लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक: माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुबेतले हार्दिक अनुरोध गरेका छौ।
कार्यक्रमको: आठौ अधिबेशन
समय: बिहान ११ बजेदेखि
मिति: ६ सेप्टेम्बर २०१९ शुक्रबार
स्थान : हल तयनभएको हल को खोजी मा
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन