Tuesday 23rd December 2025

स्पेनको हारपछि आरोप प्रत्यारोपको शिलशिला शुरु

7 years अगाडी

असार । रसिया विश्वकपमा स्पेन प्रि-क्वाटरफाइनलबाट बाहिरिएपछि हारलाई लिएर आरोप प्रत्योरोपको शिलशिला सुरु भएको छ । स्पेन लगातार तीन ठूला प्रतियोगितामा असफल रह्यो । गएराति भएको खेलमा स्पेन रसियासँग पेनाल्टी शूटआउटमा ३-४ ले पराजित भयो ।सन् २०१४ को विश्वकपमा लिग चरणबाटै आउट भयो । त्यसपछि यूरो २०१६ मा प्रि-क्वाटरफाइनलमा इटलीसँग पराजित हुँदै यूरोकप यात्रा टुंग्यायो । तर, यसपटक स्पेनको यात्रा दुखद रह्यो । किनकी, उ संसारको ७० औं स्थानमा रहेको टीम रसियासँग हार्‍यो । जुन वरियताको हिसाबमा विश्वकपको सबैभन्दा कमजोर टीम हो ।

रसियाले २६ प्रतिशत बल कब्जा गर्दा ६ पटक मात्रै पोष्टमा प्रहार गरेको थियो । तर, विश्वकपको दाबेरदार मानिएको स्पेनको बल पोजिसन निकै राम्रो थियो । उसले निर्धारित समयमा २५ पटक गोल गर्ने कोसिस गरेको थियो ।अहिले चर्चा सुरु भएको छ कि स्पेनका लागि के गल्ली भयो । स्पेनको हारको जिम्मा उसको पहिलो म्याचभन्दा दुई दिन अगावै प्रशिक्षकबाट हटाइएका जुलेन लोपेटगुई र स्पेनिस फुटबल महासंघका अध्यक्ष लुई रुबियालेजलाई दिइएको छ । तर, अहिले स्पेनका वर्तमान प्रशिक्षक फर्नांडो हिएरो र गोलको हिसाबमा प्रतियोगितामा फ्लप रहेका डेविड डे गियालाई पनि दोषी ठहराइएको छ ।

स्पेनिस अखबारले आफ्नो खबरमा लेखेको छ, ‘शुरुआत र अन्त्य दुवै खराब भयो ।’ रुबियालेजले भनेको छ, ‘लोपेटगुईलाई हटाएपछि समस्या सुरु भयो र टीममा फर्म र नयाँ विचारको कमी भयो ।’ यद्यपी उनले लोपेटगुईलाई हटाएकोमा कुनै पछुतो मानेनन् । एजेन्सी

          July 3, 2018 11:12 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...