स्पेनको हारपछि आरोप प्रत्यारोपको शिलशिला शुरु
असार । रसिया विश्वकपमा स्पेन प्रि-क्वाटरफाइनलबाट बाहिरिएपछि हारलाई लिएर आरोप प्रत्योरोपको शिलशिला सुरु भएको छ । स्पेन लगातार तीन ठूला प्रतियोगितामा असफल रह्यो । गएराति भएको खेलमा स्पेन रसियासँग पेनाल्टी शूटआउटमा ३-४ ले पराजित भयो ।सन् २०१४ को विश्वकपमा लिग चरणबाटै आउट भयो । त्यसपछि यूरो २०१६ मा प्रि-क्वाटरफाइनलमा इटलीसँग पराजित हुँदै यूरोकप यात्रा टुंग्यायो । तर, यसपटक स्पेनको यात्रा दुखद रह्यो । किनकी, उ संसारको ७० औं स्थानमा रहेको टीम रसियासँग हार्यो । जुन वरियताको हिसाबमा विश्वकपको सबैभन्दा कमजोर टीम हो ।
रसियाले २६ प्रतिशत बल कब्जा गर्दा ६ पटक मात्रै पोष्टमा प्रहार गरेको थियो । तर, विश्वकपको दाबेरदार मानिएको स्पेनको बल पोजिसन निकै राम्रो थियो । उसले निर्धारित समयमा २५ पटक गोल गर्ने कोसिस गरेको थियो ।अहिले चर्चा सुरु भएको छ कि स्पेनका लागि के गल्ली भयो । स्पेनको हारको जिम्मा उसको पहिलो म्याचभन्दा दुई दिन अगावै प्रशिक्षकबाट हटाइएका जुलेन लोपेटगुई र स्पेनिस फुटबल महासंघका अध्यक्ष लुई रुबियालेजलाई दिइएको छ । तर, अहिले स्पेनका वर्तमान प्रशिक्षक फर्नांडो हिएरो र गोलको हिसाबमा प्रतियोगितामा फ्लप रहेका डेविड डे गियालाई पनि दोषी ठहराइएको छ ।
स्पेनिस अखबारले आफ्नो खबरमा लेखेको छ, ‘शुरुआत र अन्त्य दुवै खराब भयो ।’ रुबियालेजले भनेको छ, ‘लोपेटगुईलाई हटाएपछि समस्या सुरु भयो र टीममा फर्म र नयाँ विचारको कमी भयो ।’ यद्यपी उनले लोपेटगुईलाई हटाएकोमा कुनै पछुतो मानेनन् । एजेन्सी
July 3, 2018 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)