सावधान : बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप आएको तथ्य फेला !
काठमाडौं । बण्ढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भएको छ । गर्मीको मौसममा आँप धेरैको लागि मनपर्ने फल पनि हो । यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप रौतहट सहित तराईका स्थानिय बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ ।
भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउने गरिएको खुल्न आएको छ । यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अहिले चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा विक्रिका लागि बिषादी प्रयोग गरिएका आँप राखिएका छन् । तराईका जिल्लाहरुमा मात्रै नभई देश भरि नै भारतीय आँपको राम्रो प्रभाव रहेको छ । आँपमा बिषादी हालेर पकाइने गरेकोले विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ ।
चन्द्रपुर हस्पिटल प्रालीका प्रमुख डा. सुवास चौधरीले हनिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउने उल्लेख गर्नुभयो । विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उहाँ बताउनुहुन्छ ।
May 25, 2019 6:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता