

सावधान : बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप आएको तथ्य फेला !

काठमाडौं । बण्ढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भएको छ । गर्मीको मौसममा आँप धेरैको लागि मनपर्ने फल पनि हो । यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप रौतहट सहित तराईका स्थानिय बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ ।
भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउने गरिएको खुल्न आएको छ । यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अहिले चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा विक्रिका लागि बिषादी प्रयोग गरिएका आँप राखिएका छन् । तराईका जिल्लाहरुमा मात्रै नभई देश भरि नै भारतीय आँपको राम्रो प्रभाव रहेको छ । आँपमा बिषादी हालेर पकाइने गरेकोले विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ ।
चन्द्रपुर हस्पिटल प्रालीका प्रमुख डा. सुवास चौधरीले हनिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउने उल्लेख गर्नुभयो । विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उहाँ बताउनुहुन्छ ।
May 25, 2019 6:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

