इन्टरपोलले थाइल्याण्डमा पक्राउ परेका यी नेपाली, जस्को ४ श्रीमती र २४ फोन नम्बर
काठमाडौं – थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले परशुराम गुरुङलाई सार्वजनिक गरे पनि अन्य सात जनाको बारेमा प्रहरीले खोजी गरिरहेको छ। नेपाली नागरिकलाई थाइल्याण्डमा बसेर करोडौं ठगी गरेको आरोपमा प्रहरीको अन्र्तराष्ट्रिय संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा थाइ प्रहरीले चैतमा पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर उनलाई शुक्रबार साँझ नेपाल ल्याइएको हो।
मानव बेचविखनकै आरोपमा उनीसँगै इन्टरपोलले किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। उनीहरु कहाँ छन् भन्ने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। शनिबार सिआइबी प्रमुख डिआइजी निरजबहादुर शाहीले अरुको खोजी भइरहेको बताए। ‘परशुरामलाई ल्याइएको छ अन्यको खोजी गरिरहेका छौं,’ डिआइजी शाहीले भने। सीआइबीका अनुसार ३८ वर्षे गुरुङले कमल, पारस, मनोज, किम, अधिराजलगायतका नाममा ठगी गर्थे।
भोजपुर जिल्लाको हेलौचा स्थायी घर भएका गुरुङको नेपाली राहदानी रद्द भएको छ। उनको नेपाली राहदानी रद्द भएसँगै नेपाली श्रीमतीसँग डिभोर्स गरी थाइल्याण्डमै तीन महिलासँग बिहे गरेका थिए। उनका तीनवटै श्रीमतीतर्फ एक/एक सन्तान रहेको प्रहरीले जनाएको छ। पछिल्लो पटक बिहे गरेकी थाई श्रीमती दुई महिनाको सुत्केरी छिन्। आजको नागरिक दैनिकमा खबर छ ।
गरुुङले पीडतलाई बेग्लाबेग्लै मोबाइलबाट सम्पर्क गर्ने र एउटालाई दिएको नम्बर अर्कोलाई नदिने गर्थे। सामाजिक सञ्जाल र फरक नम्बरबाट सम्पर्क गर्ने गरेको पैसा लिएपछि मोबाइल अफ गर्ने गरेका थिए। ‘पैसा लिएपछि बैंकक पु¥याउने र त्यहाँ बन्धक बनाएर घरपरिवारसँग पनि पैसा असुलेर पीडितलाई छाडिदिने गरेका रहेछन्। हालसम्म उनको २४ वटा मोबाइल नम्बर फेला परेको छ,’ सिआइवी प्रमुख शाहीले भने।
May 26, 2019 11:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन