यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजश्व संकलन
जाजरकोट। शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ। अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो।जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए। निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सा सङ्कलकसँग सल्लाह गरेर मङ्गलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ। निकुञ्ज क्षेत्रभित्रका यार्सापाटन औपचारिक रूपमा खुलेसँगै सर्वसाधारण मानिसहरु जोखीम मोलेर बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जुटेका छन्।
यार्सागुम्बाको खोजीका लागि पुगेका हजारौँ सर्वसाधारण हिँउले सेताम्य पाटनमा हिँउ बिलाएको ठाउँमा यार्सा खोज्न थालेका हुन्। पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटका साथ एकले अर्कालाइ उछिन्दै अगाडि बढिरहेको देखीने रुकुम आठबीसकोट नगरपालिका राडीकी भगवती शाहीले बताए।निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्रका केही पाटन खुल्न सकेका छैनन्। यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटन खुलाइने सामुदायिक वनहरुले जानकारी दिएका छन्। अहिलेसम्म रु एक करोड ९१ लाखभन्दा बढी यार्सा सङ्कलनकर्ताबाट रकम उठेको निकुञ्जका छत्र खड्काले जानकारी दिए। अघिल्लो वर्षको भन्दा यो वर्ष २६ प्रतिशत राजश्व बढी उठेको उनले बताए।
एक करोड ९१ लाख रकम अघिल्लो वर्ष उठेको थियो। जाजरकोट, रुकुम, जुम्लाका स्थानीयवासी बढी यार्सागुम्बा सङ्कलनका लागि आएको छन्। अहिलेसम्म आठ हजार बढी यार्सा सङ्कलनकर्ता पाटनमा पुगेको खड्काले जानकारी दिए। सङकलनकर्ता बढ्न सक्ने बताइएको छ। निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्क मार्फत मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि दुई हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि तीन हजार दस्तुर तोकेको छ। त्यसबाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै ५०० लिन पाउने व्यवस्था गरिएको छ।
निकुञ्जले छोडपुर्जी दस्तुरवाफत ३० हजार तोकेकोे छ। पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ। निकुञ्ज भित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको छ। सो क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ।रासस
May 28, 2019 4:26 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता