अभ्यास खेलमा भारतको जित, बंगलादेश ९५ रनले पराजित
बंगलादेशविरुद्धको वार्मअप म्याचमा भारतले ९५ रनको जित हात पारेको छ । कार्डिफमा भएको खेलमा टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै ३५९ रन बनाएको थियो ।
भारतका लागि महेन्द्र सिंह धोनी र केएल राहुलले शतकीय योगदान दिए । चौथो विकेटका लागि राहुल र धोनीले १६४ रनको साझेदारी गरेका थिए । ब्यक्तिगत तर्फ केएल राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रन बनाए । धोनीले अझ आक्रामक ब्याटिङ गरे । उनले ७८ बलमा ८ चौका र सात छक्का प्रहार गर्दै ११३ रन बनाएका थिए । विराट कोहलीले पनि ४७ रन बनाए । ओपनर शिखर धवन भने एक रन बनाएर पवेलियन फर्केका थिए । बलिङतर्फ रुवेल हुसेन र शकिब अल हसनले २–२ विकेट लिए ।
३६० रनको लक्ष्य पछ्याएको बंगलादेश इनिङ सकिनु भन्दा तीन बल अगावै अलआउट भयो । उसका दुई खेलाडीलेमात्र अर्धशतक पार गरे । ओपनर लिटन दासले ७३ रन बनाए भने मुस्फिकर रहिमले ९० रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । ब्लिङतर्फ कुलदिप यााादददव र युज्भेन्द् चाहलले ३–३ विकेट लिए भने जस्प्रित बुम्राहले दुई विकेट हात पारे ।
May 29, 2019 11:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)