ऐतिहासिक कमलपोखरीको गुरुयोजना निर्माण
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीको संरक्षण शुरु भएको छ। मध्यपुरथिमि नगरपालिकाले ८० लाखको लागतमा पोखरीको संरक्षण एवं पर्खाल लाउने कार्य बिहीबारबाट शुरु गरेको छ। पोखरीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गरे।
व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसला गरेपछि नगरपालिकाले संरक्षण शुरु गरेको हो।
नगरपालिकाका प्रमुख श्रेष्ठले यो पोखरीको संरक्षणका लागि नगरपालिकाले ७५ लाख बजेट विनियोजन गरेको बताउँदै भने, “यो धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने छौँ ।” नगरपालिकाले पोखरीको सिमाङ्कन सकेर वरिपरि पर्खाल लगाउने काम शुरु भएको बताउँदै पोखरीलाई आकर्षक बनाइने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए।
May 31, 2019 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता