फ्राइडे रिलिज : आजै तीनवटा घरेलु चलचित्र हलमा भिड्दै
काठमाडौं। शुक्रबार नेपाली सिनेमा घरहरुमा तीनवटा घरेलु चलचित्र ‘काउसो’, ‘कप्स’ र ‘कुम्भ करण’ एकसाथ प्रदर्शनमा आएका छन्। नेपाली चलचित्र ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ को डरले अघिल्लो हप्ताएक पनि नेपाली चलचित्र प्रदर्शनमा आएको थिएन।चलचित्र ‘काउसो’ मदन घिमिरेले निर्देशन गरेको चलचित्र हो। कमेडी कथावस्तुमा निर्माण गरिएको यस चलचित्रमा सविन श्रेष्ठ प्रमुख भूमिकामा छन्। चलचित्रमा उनीसँगै अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतले अभिनय गरेका छन्।
चलचित्रको छायांकन रामेश्वर हुमागाईँको रहेको छ भनने चलचित्रका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । चलचित्रमा राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक र भगवान खत्रीको लगानी रहेको छ। त्यस्तै यसै शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘कप्स’लाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। नामबाटै स्पष्ट छ की चलचित्रमा प्रहरीको कथावस्तुलाई उतारीएको छ। चलचित्रमा अभिनेता अनुप विक्रम शाही प्रमुख भुमिकामा छन्। उनीसँगै चलचित्रमा सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रलाई सुशान्त प्रजापतिले छायांकन गरेका छन्, भने विपिन मल्लले चलचित्रको सम्पादन गरेका हुन्।
यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘कुम्भ करण’मा नीशा अधिकारी र गौरव पहारी प्रमुख भुमिकमा देखिएका छन्। चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतले अभिनय गरेका छन्। चलचित्रका निर्माता खड्क बुढाथोकी हुन् भने कार्यकारी निर्माता रोम वली हुन् । चलचित्रमा महेश दवाडीको कथा रहेको छ, भने चलचित्रलाई हरी लामाले खिचेका हुन्।स्वदेशी उद्योगीहरुको हित प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए।
May 31, 2019 4:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता