

फ्राइडे रिलिज : आजै तीनवटा घरेलु चलचित्र हलमा भिड्दै

काठमाडौं। शुक्रबार नेपाली सिनेमा घरहरुमा तीनवटा घरेलु चलचित्र ‘काउसो’, ‘कप्स’ र ‘कुम्भ करण’ एकसाथ प्रदर्शनमा आएका छन्। नेपाली चलचित्र ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’ को डरले अघिल्लो हप्ताएक पनि नेपाली चलचित्र प्रदर्शनमा आएको थिएन।चलचित्र ‘काउसो’ मदन घिमिरेले निर्देशन गरेको चलचित्र हो। कमेडी कथावस्तुमा निर्माण गरिएको यस चलचित्रमा सविन श्रेष्ठ प्रमुख भूमिकामा छन्। चलचित्रमा उनीसँगै अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतले अभिनय गरेका छन्।
चलचित्रको छायांकन रामेश्वर हुमागाईँको रहेको छ भनने चलचित्रका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् । चलचित्रमा राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक र भगवान खत्रीको लगानी रहेको छ। त्यस्तै यसै शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘कप्स’लाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। नामबाटै स्पष्ट छ की चलचित्रमा प्रहरीको कथावस्तुलाई उतारीएको छ। चलचित्रमा अभिनेता अनुप विक्रम शाही प्रमुख भुमिकामा छन्। उनीसँगै चलचित्रमा सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रलाई सुशान्त प्रजापतिले छायांकन गरेका छन्, भने विपिन मल्लले चलचित्रको सम्पादन गरेका हुन्।
यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘कुम्भ करण’मा नीशा अधिकारी र गौरव पहारी प्रमुख भुमिकमा देखिएका छन्। चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतले अभिनय गरेका छन्। चलचित्रका निर्माता खड्क बुढाथोकी हुन् भने कार्यकारी निर्माता रोम वली हुन् । चलचित्रमा महेश दवाडीको कथा रहेको छ, भने चलचित्रलाई हरी लामाले खिचेका हुन्।स्वदेशी उद्योगीहरुको हित प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए।
May 31, 2019 4:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

