गौतमबुद्ध रंगाशालको भत्काएको बार बनाउन पुगे संसददेखि स्थानीयसम्म
चितवन । चितवनमा स्थानीयले भत्काएको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार आज विहानैबाट महानगरका मेयर, संसद र स्थानीयकै सकृय सहभागीतामा बनाउन सुरु गरिएको छ । विहानै चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार बनाउन थालेका हुन्।शुक्रबार विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको थियो ।
भत्काएको बार बनाउन चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि भेला भएका हुन् ।
गत बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएपछि रंगाशाला निर्माणको काम नै रोकिएको थियो । बार भत्काउने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीसमेत अगाडि बढाएको छ ।
बाटोको विबादको कारण बार भत्काएपछि भएको सहमतीमा रंगाशालाको डिपिआर बनेपछि सबैको सहमतीमै बाटो बनाउने उल्लेख छ । स्थानीय, विश्वविद्यालय, भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनको सहमतीमै बाटो बनाउने सहमती भएको हो । यस्तै स्थानीयले पनि धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण कार्यमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
June 1, 2019 11:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता