विश्वकप क्रिकेटः आज श्रीलंकाले न्युजिल्याण्डको तथा अस्ट्रेलियाले अफ्गानिस्तानको सामना गर्ने
एजेन्सी । क्रिकेटको कुम्भमेला एक दिवसीय विश्वकप क्रिकेट शुरु भईसकेको छ। आगामी जुलाई १४ सम्म चल्ने विश्वकपमा १० टिमले सहभागिता जनाएका छन्। ३० मेबाट शुरु भएको विश्वकपमा दुईओटा खेलहरु सकिसकेका छन्। पहिलो दिन भएको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले हराएको थियो भने शुक्रबार भएको दोस्रो खेलमा वेस्ट इण्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।
यस्तै विश्वकप अन्तर्गत आज दुई ओटा खेल हुनेछन्। पहिलो खेल नेपाली समयअनुसार ३ः१५ मा शुरु हुनेछ। कार्डीफमा हुने उक्त खेलमा न्यूजिल्याण्ड र श्रीलंका भिड्नेछन्। श्रीलंकाले पछिल्ले समय एकदिवसीय म्याचमा लय गुमाएको छ। यी दुई बिच भएको पछिल्लो समय भएका पाँच एक दिवसीय खेलको नतिजा हुर्ने हो भने न्युजिल्याण्डले जित्ने सम्भावना अब्बल रहेको छ। एक अर्काबिच भएको पाँच खेलमा ४ पटक न्युजिल्याण्डले जितेको छ भन एक पटक खेल रोकिएको छ।
आज पनि श्रीलंकालाई जित्न त्यति सहज भने देखिदैन्। न्युजिल्याण्डका कप्तान केन विलियम्सन, ब्याट्सम्यान रस टेलर, कोलिन मनरो लगायतका खेलाडीहरु राम्रो रन बनाउन सक्ने स्थितिमा छन्। यी खलाडीहरुलाई रोक्न श्रीलंकाका लागि कठिन नै रहेको छ। यस्तै ट्रेन्ट बोल्ट, टिम साउदी लगायतका बलरहरुका अगाडी श्रीलंकाका ब्याट्सम्यानहरुलाई रन जोड्न त्यति सजिलो छैन्।
यस्तै आजको दोस्रो खेल ब्रिस्टल मैदानमा हुनेछ। साँझ ६ः१५ बाट शुरु हुने खेलमा अस्ट्रेलिया र अफ्गानिस्तानबिच हुनेछ। पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रलियाले आज विश्वकपको सबैभन्दा युवा टिम अफ्गानिस्तानको सामना गर्दैछ। अस्ट्रेलियाको प्रदर्शन पछिललो समयमा निकै उत्कृष्ट रहेको छ भने अफ्गानिस्तान पनि त्यति खराब मान्न सकिदैन्। युवा खेलाडीले भरिपूर्ण यो टिमले च्याम्पियन टिमहरुलाई चुनौति दिन सक्छ।
अफ्गानिस्तानको बलिङ अट्याकको अगाडि जस्तासुकै ब्याट्सम्यानलाई पनि रन बनाउन मुस्किल पर्ने गर्छ। तर पनि च्याम्पियन टिम अस्ट्रेलियाका ब्याट्सम्यानहरुलाई रोक्न आज अफ्गानिस्तानका बलरहरुलाई त्यति सहज भने छैन्। डेभिड वार्नर, स्टिभ स्मिथ, आरोन फिन्च लगायतका सेट ब्याट्सम्यानहरुका अगाडि अफ्गानिस्तानको बलिङ कमजोर पर्ने देखिन्छ।
June 1, 2019 12:54 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)