विश्वकपमा ब्राजिललले बनायो नयाँ रेकर्ड !
रुसमा जारी फिफा विश्वकपमा पाँच पटकको विश्वविजेता ब्राजिल सबैभन्दा धेरै गोल गर्ने टोली बनेको छ । विश्वकपको सोमबार राति भएको प्रिक्वाटर फाइनलमा दुई गोल गरेको ब्राजिल विश्वकप इतिहासको सर्वाधिक गोल गर्ने टिम बनेको हो । मेक्सिकोलाई हराएर अन्तिम ८ मा स्थान पक्का गरेको ब्राजिलले जर्मनीको नाममा रहेको सर्वाधिक गोल गर्ने रेकर्ड तोडेको हो।
विश्वकपका सबै संस्करणमा भाग लिने एक्लो टिम ब्राजिलका नेयमारले खेलको ५१ मिनेटमा गोल गर्दै जर्मनीको रेकर्ड तोडेका हुन् । नेयमारको गोल विश्वकपमा ब्राजिलका लागि २ सय २७ औं गोल हो । जर्मनीले विश्वकपमा २ सय २६ गोल गरेको छ। खेल सकिन २ मिनेट बाँकी छँदा फिर्मिनोले गोल गरेसँगै ब्राजिलले विश्वकपमा गोल संख्या २ सय २८ पुर्यायो। यो विश्वकपमा ब्राजिलले ७ गोल गरिसकेको छ। विश्वकपमा बढी गोल गर्ने टिमको तेस्रो स्थानमा अर्जेन्टिना छ। अर्जेन्टिनाले १ सय ३७ गोल गरेको छ। चौथो स्थानको इटालीले १ सय २८ गोल गरेको छ भने पाँचौ स्थानको फ्रान्सले १ सय १३ गोल गरेको छ।
July 3, 2018 12:52 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)