शालिग्रामको अस्तित्व मेटिने चिन्ता
काठमाडौँ । कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ। कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा. कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए । हिन्दूधर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा चालिसेले बताए।
कालीनदीमा बढी भएको पानी अर्कै बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिंचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ। कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करीब एक करोड बेलपत्र चढाइएको थियो। नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए। गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङ्टार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन् ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दू धर्मालम्बीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम सङ्कटमा पर्ने बताए । नगरप्रमुख थापाले नदी डाइभर्सनले यसक्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले डाइभर्सन रोक्न छिटै हस्ताक्षर अभियान थाल्न लागिएको जानकारी दिए। रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, सङघ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
कालीनदीको केही भाग पानी मात्रै तराईमा सिंचाइका लागि लगिने हुुँदा कालीगण्डकी बेंसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका सङ्घीय सांसद दलबहादुर रानाले आग्रह गरे। उनले कालीनदी वारिपारिका जमीन सिंचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पु-याउने योजना ल्याउनुपर्ने बताए।सांसद रानाले कालीनदी डाइभर्सन हुँदा मात्र होइन अहिलेदेखि नै धार्मिक एवं पुरातात्विक महत्व बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गरे। कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम सङ्कटमा नपर्ने सांसद रानाको धारणा छ।
June 4, 2019 11:14 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता