Friday 13th March 2026

सरकारले सुरक्षाकर्मी हटाएको कोइराला निवासमा मेयरले खटाए नगर रक्षक

7 years अगाडी

कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटाएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगर रक्षक खटाएका छन्।मेयर पराजुलीले मंगलबार तीन जना नगर रक्षक कोइराला निवासको सुरक्षार्थ खटाएका हुन्।सरकारले कोइराला निवासको सुरक्षा गरिरहेका १३ जना सशस्त्र प्रहरीलाई हटाउने निर्णय गरेको थियो। सो निर्णयसँगै निवासको सुरक्षा गरिरहेका प्रहरीले निवास छोडेका थिए।

‘नेपालमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको निवासमा राजनीतिक पूर्वाग्रह राखेर सुरक्षाकर्मी हटाइयो, यस्तो कामको विरोध गर्छु, यो महानगरको ऐतिहासिक धरोहर रहेकाले सुरक्षा दिनु मेरो कर्तव्य हो,’ मेयर पराजुलीले भने, ‘मैले महानगरबाट रक्षकलाई निवासको सुरक्षा गर्न खटाएको हुँ।’

पूर्वप्रधानमन्त्रीहरू, मातृका कोइराला बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले यही निवासबाट प्रजातान्त्रिक आन्दोलन छेडेका थिए। विशेषगरी पञ्चायतविरूद्धको आन्दोलनमा बीपी र गिरिजाप्रसाद कोइरालाले यो निवास बढी प्रयोग गर्थे। बीपीको निधनपछि गिरिजाले निवासमा बाक्लो आउजाउ गर्थे, कार्यकर्ता भेटघाट गर्थे। उनको निधनपछि सुनसान रहेको निवासमा पछिल्लो समय उनका भतिजा शेखर गइरहन्छन्।

          June 4, 2019 2:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...