

सरकारले सुरक्षाकर्मी हटाएको कोइराला निवासमा मेयरले खटाए नगर रक्षक

कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटाएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगर रक्षक खटाएका छन्।मेयर पराजुलीले मंगलबार तीन जना नगर रक्षक कोइराला निवासको सुरक्षार्थ खटाएका हुन्।सरकारले कोइराला निवासको सुरक्षा गरिरहेका १३ जना सशस्त्र प्रहरीलाई हटाउने निर्णय गरेको थियो। सो निर्णयसँगै निवासको सुरक्षा गरिरहेका प्रहरीले निवास छोडेका थिए।
‘नेपालमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको निवासमा राजनीतिक पूर्वाग्रह राखेर सुरक्षाकर्मी हटाइयो, यस्तो कामको विरोध गर्छु, यो महानगरको ऐतिहासिक धरोहर रहेकाले सुरक्षा दिनु मेरो कर्तव्य हो,’ मेयर पराजुलीले भने, ‘मैले महानगरबाट रक्षकलाई निवासको सुरक्षा गर्न खटाएको हुँ।’
पूर्वप्रधानमन्त्रीहरू, मातृका कोइराला बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले यही निवासबाट प्रजातान्त्रिक आन्दोलन छेडेका थिए। विशेषगरी पञ्चायतविरूद्धको आन्दोलनमा बीपी र गिरिजाप्रसाद कोइरालाले यो निवास बढी प्रयोग गर्थे। बीपीको निधनपछि गिरिजाले निवासमा बाक्लो आउजाउ गर्थे, कार्यकर्ता भेटघाट गर्थे। उनको निधनपछि सुनसान रहेको निवासमा पछिल्लो समय उनका भतिजा शेखर गइरहन्छन्।
June 4, 2019 2:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

