बंगलादेश भर्सेस न्यूजिल्याण्ड : लगातारको जित नै मुख्य लक्ष्य
आईसीसी एकदिवशीय विश्वकप क्रिकेटमा बुधबार बंगलादेश र न्यूजिल्याण्ड आमने सामने हुँदैछन् । लण्डनमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । क्राइस्टचर्चमा भएको आतंकबादी हमलापछि न्यूजिल्याण्ड र बंगलादेश पहिलोपल्ट आमने सामने हुनेछन् । त्यस आक्रमणमा भाग्यले बाँचेका बंगलदेशी क्रिकेटरसँगको खेल न्यूजिल्याण्डका खेलाडीका लागि भावनात्मक पनि हुनेछ ।
विश्वकपमा विजयी सुरुवात गरेका दुवै टोलीका लागि लगातारको जित नै मुख्य लक्ष्य हुनेछ । दुवै टोली शानदार लयमा छन् र यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । कोलिन मुनरो र मार्टिन गुप्टिल दुवैले अर्धशतकीय पारी खेलेपछि श्रीलंकाबिरुद्धको पहिलो खेल न्युजिल्याण्डले १० विकेटले जितेको थियो । श्रीलंकालाई १ सय ३६ रनमै समेट्न म्याट हेनरी र लुकी फर्गुसनले शानदार बलिङ गरेका थिए ।
दक्षिण अफ्रिकाबिरुद्ध बंगलादेशका शकिव अल हसन र मुसफिकर रहिमको उत्कृष्ट पारी नै जितको आधार बनेको थियो । ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३ सय ९ रनमै समेटिएको थियो । न्यूजिल्याण्ड र बंगलादेशको एउटा संयोग के हो भने दुवै टोली अहिलेसम्म विश्वकप जित्न प्रयासरत छन् ।
June 5, 2019 12:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी