अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति
चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो ।खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।
पुरानो पदमपुर क्षेत्रको ३० हेक्टर क्षेत्रफलको विद्युतीय तारबारसहित अर्ना राखिएको ठाउँमा दुई हप्तादेखि जेनेरेटरको सहयोगमा दैनिक तीन घण्टाका दरले पानी खोलामा आपूर्ति गरिएको छ । उनका अनुसार पानी घट्दै गएपछि सो खोलाको मुहानदेखि तल्लो भागसम्म सफा पनि गरिएको थियो । सफा गर्दा पानी सुक्ने क्रम नरोकिएपछि अर्नालाई आहाल खेल्न र पानी खान समस्या देखेपछि खोलामा प्लाष्टिक बिच्छ्याएर पानी आपूर्ति गर्ने गरिएको छ ।
राप्ती नदीसँग जोडाएर तारबार गरिए खडेरीमा वन्यजन्तुलाई पानी उपभोग गर्न सहज हुने र वर्षात्को समयमा अहिलेकै ठाउँमा बस्न सक्ने उनको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले यो क्षेत्रमा दुई खोलामध्ये एउटा खोलामा वर्षाको समयमा पानी हुने गरेको र अर्को खोलामा बाह्रैमास पानी हुने गरेको बताए । लामिछानेले बाह्रैमास पानी हुने खोलाको नजिक विसं २०५२ अगाडि पुरानो पदमपुरको गाउँ थियो । गाउँ स्थानान्तरण भएपछि सरसफाइ नभएकाले पानीको सतह तल्लो भागमा गएको हुनसक्ने उनको भनाइ छ । निकुञ्जले तीन वर्षअघि कोशीटप्पु र शुक्लाफाँटाबाट अर्ना र बाह्रसिङ्गे प्रजातिको सङ्ख्या विस्तार गर्न यहाँ ल्याएर राखेको थियो ।
June 5, 2019 1:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन