युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड खेल्ने
युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड खेल्ने भएका छन् । दोस्रो सेमिफाइनलमा नेदरल्याण्डले इंग्ल्याण्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । यसअघि भएको पहिलो सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो नेदरल्याण्ड्समा भएको खेलमा नियमित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा नेदरल्याण्डले दुई गोल गर्यो । जसमा एक गोल आत्मघाती पाएको थियो ।

३२ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा माथियास डि लाइटले गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको सातौं मिनेटमा केल वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्याण्डले अग्रता लियो । २४औं मिनेटमा क्वीन्सी प्रोम्सले गोल गरेपछि नेदरल्याण्डले फाइनलको यात्रा पक्का पार्यो ।

नेदरल्याण्ड फाइनलमा पुग्दा इंग्ल्याण्ड भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि आइतबार हुने प्रतिस्पर्धामा इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्नेछन् । फाइनल खेल भने सोमबार हुनेछ ।
June 7, 2019 11:25 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)