Tuesday 2nd June 2026

पूर्वमन्त्री ढकाल र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता

7 years अगाडी

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेट गरेका छन्। नोमपेमस्थित अति विशिष्ट अतिथिहरुसँग भेटघाट गर्ने पिस प्यालेसमा भएको भेटमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समान मुद्दाहरुमा सरकार र नागरिक समाजको सहकार्यको बारेमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ।

सो अवसरमा दुई मित्र राष्ट्रबीचको आपसी हितको बारेमा छलफल भएको थियो। इन्टरनेशनल अशोसियशन अफ पर्लियामेन्टरियन फर पिस (आइएपीपी–एशिया प्रशान्त क्षेत्र) का अध्यक्ष समेत रहेका ढकालले एशिया प्याशिफिक समिटको प्रतिवेदन प्रधानमन्त्री हुन सेनलाई हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री हुन सेनले एशिया प्याशिफिक समिटले विश्वमा शान्ति, भातृत्व, मेलमिलाप र एकताको संदेश दिन सफल रहेको बताउँदै बधाई दिएका थिए। आइएपीपी क्याम्बोडियाको निमन्त्रणामा दुई दिने क्याम्बोडिया भ्रमणमा रहेका ढकालले उप–सभामुख ख्ह्वोन सुन्दरीलगायतका नेताहरुसँग पनि छलफल गरेका थिए।

          June 7, 2019 1:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...