चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख खान
एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान अर्का चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा मुख्य भूमिकामा आउने भएका छन् । फिल्म रोमान्टिक लभ स्टोरी हुने बताइएको छ । राजकुमार हिरानीले अहिलेसम्म निर्देशन गरेका कुनै पनि फिल्म फ्लप भएका छैनन् ।
हिरानीले निर्देशकको रुपमा मुन्ना भाइ एमबीबीएसबाट डेब्यू गरेका थिए । त्यसपछि निर्देशकको रुपमा उनले लगे रहो मुन्ना भाइ, थ्री इडियट्स, पीके र संजू बनाए । यी सबै फिल्म ब्लकबस्टर रहे ।
राजकुमार हिरानी र शाहरुखका बीचमा यही फिल्मलाई लिएर धेरै पटक मिटिङ भइसकेको छ। त्यसपछि किङ खान नयाँ प्रोजेक्टका लागि तयार भएको एजेन्सीहरुले जनाएका छन्। छिट्टै राजकुमार हिरानीसँगको नयाँ फिल्मी यात्राका बारेमा शाहरुखले घोषणा गर्ने छन्।
राजकुमार हिरानीको ब्यानरमा बन्ने यो फिल्मको निर्माण पनि हिरानीले नै गर्ने छन्। फिल्म जिरोको असफलतापछि शाहरुख कुनै प्रकारको जोखिम उठाउन तयार छैनन्। पछिल्लो पटक चीनमा आयोजना भएको एक कार्यक्रममा शाहरुखले आफ्नो अघिल्लो फिल्मको घोषणा जुनमा गर्ने बताएका थिए।
June 8, 2019 11:05 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा